FAQs Complain Problems

प्रमुख सूचना:

स्थानीय सरकारको संस्थागत स्वमुल्यांकन कार्यविधि (प्रणाली) - Local Government Institutional Self-Assesment (LISA) System को अभिमुखीकरण कार्यक्रम

स्थानीय सरकारको संस्थागत स्वमुल्यांकन कार्यविधि (प्रणाली) - Local Government Institutional Self-Assesment (LISA) System को अभिमुखीकरण कार्यक्रम सुदुरपश्चिम प्रदेश अन्तर्गत अछाम जिल्लाको साफेबगर नगरपालिकामा सम्पन्न भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा संचालित उक्त कार्यक्रम पहिलो चरणमा सुदुरपश्चिम प्रदेश अन्तर्गत ५ तथा देशै भरि ३५ स्थानीय तहमा सम्पन्न हुनेछ भने दोस्रो चरणमा देशैभरिका बाकी ७१८ गरि ७५३ वटै स्थानीय तहहरुमा लागु हुने कार्यक्रम रहेको छ । जम्मा १० बिषयक्षेत्र अन्तर्गत १०० वटा सूचक रहेको यस प्रणाली मार्फत स्थानीय तहले आफ्नो बहु-आयामिक संस्थागत मुल्यांकन आफै गर्न सक्ने छन् । यो प्रणाली लागु भएपश्चात स्थानीय तहको वर्तमान स्थिति विश्लेषण, भावी योजना निर्माण, शुसासन प्रवर्धन तथा विभिन्न अनुदानका कार्यक्रममा उपयोगी हुनेछ । 

कार्यक्रम मिति: पौष ३०, माघ २ र ३ गते , २०७५

समय: बिहान ८ बजेदेखि ५ बजेसम्म

कार्यक्रमबारे नगर-प्रमुखको धारणा सुन्न यहाँ क्लिक गर्नुहोस् : https://www.youtube.com/watch?v=4BRoFx509c8&t=3s