FAQs Complain Problems

प्रमुख सूचना:

साँफेबगर नगरपालिका शैक्षिक गुणस्तरको परामर्शमा

साँफेबगर नगरपालिकामा अनुगमन सूचक र शैक्षिक सुधारको लागि छलफल कार्यक्रम २०७५ साल माघ १४ गते सम्पन्न भएको छ । छलफल कार्यक्रममा विद्यालयले शिक्षक निर्देशिक र शैक्षिक सामग्रीको सहयोगबाट शिक्षण गर्नुपर्ने, वार्षिक शैक्षणिक योजना बनाउनुपर्ने, शिक्षण सुधार योजना बनाई ६/६ महिनामा अध्यावधिक गर्ने, कमजोर वालवालिकाको लागि उपचारात्मक शिक्षण सिकाई गर्नु पर्ने निर्णय पारित गरिएको छ ।
शैक्षिक गुणस्तरको लागि अभिभावक र कक्षा शिक्षविच अन्तरक्रिया, केन्द्र, प्रदेश र स्थानीय सरकारले आयोजना प्रअ, विद्यालय व्यवस्थापन समितिको सहभागिता, ३ वर्षको विद्यार्थीको सिकाई उपलब्धीको विश्लेषण गरी भावि योजना बनाउने लगायतका निर्णयहरु पारित गरिएको नगर शिक्षा शाखा प्रमुख नरबहादुर कार्कीले जानकारी दिनुभयो । नगरको शिक्षा ऐन अनुसार विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ गठन, विद्यालय व्यवस्थापन समितिको वैठक वर्षमा ६ पटक वैठक बस्नुपर्ने, शिक्षकले शिक्षा ऐन नियमअनुसार विद्यालयमा सहभागिता जनाउनुपर्ने लगायतका निर्णय भएको स्रोत व्यक्ति हरि प्रसाद जोशीले जानकारी दिनुभयो । छलफल कार्यक्रम विद्यालयको अनुगमनका क्रममा विद्यालयले प्राप्त गरेको आधारमा नगरबाट आर्थिक सहयोग गर्ने र शैक्षिक सुधारको लागि प्रस्तुत भएका दुवै कार्यपत्र सुझाव सहित पारित गरिएको नगर प्रमुख कुलबहादुर कुँवरले जानकारी दिनुभयो ।
छलफल कार्यक्रममा शैक्षिक सुधार वारेमा नगर शिक्षा शाखा प्रमुख नरबहादुर कार्की, अनुगमन सूचक वारेमा स्रोत व्यक्ति हरि प्रसाद जोशीले कार्यपत्र प्रस्ततु गर्नुभएको थियो । छलफल कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष जानकी वोहरा, नेपाल शिक्षक संघ नगर अध्यक्ष बलहादुर ठकुल्ला, महेन्द्र माविका विद्यालय व्यवस्थापन समतिका अध्यक्ष केसर मिया लगायतले शैक्षिक गुणस्तरको लागि सबैले लाग्नुपर्नेमा जोड दिनुभएको थियो । छलफल कार्यक्रममा साँफेबगर नगरपालिकाका उपप्रमुख विर्मला वुड्थापा, नगर शिक्षक समिति सदस्य अमर बहादुर शाह, शम्भु मिया, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद शर्मा, नेपाल शिक्षक महासंघका नगर अध्यक्ष धर्मन्द्र शाह, नगरका विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सहभागिता रहेको थियो ।