FAQs Complain Problems

प्रमुख सूचना:

साँफेबगर नगरपालिकाका ५१ जनालाई अपाङ्गता परिचय पत्र वितरण

साँफेबगर नगरपालिकामा एक दिने अपाङ्ग परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । साँफेबगर नगरपालिकाको आयोजनामा नगरका ५१ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । नगरका १४ वटै वडा भित्र रहेका अपाङ्गको रेखामुनि रहेका (क) वर्गका ८ जना (ख) वर्गका १९ जना , (ग) वर्गका ७ जना र (घ) वर्गका १७ जनालाई वितरण गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा नगर प्रमुख कुल बहादुर कुँवर, नगर उप प्रमुख विर्मला बुडथापा, जिल्ला अस्पतालका डाक्टर मनोज बिस्ट लगाएतको सहभागिता रहेको थियो ।