FAQs Complain Problems

प्रमुख सूचना:

वस्तुगत विवरण भनेको के हो ? यो कसरी तयार गरिन्छ ?

स्थानीय तह क्षेत्रभित्रको भौगोलिक, जनसांख्यिक, भू—उपयोग, आर्थिक तथा रोजगारी, भौतिक तथा सार्वजनिक पूवाधार, वन, वातावरण तथा भू—संरक्षण, वन सम्पदा, संस्थागत श्रोत तथा क्षमता, सङ्घ संस्था आदिको विश्लेषणत्मक विवरणलाई वस्तुगत विवरण भनिन्छ । वस्तुगत विवरणले कुनै पनि स्थानीय तहको हालको अवस्थालाई स्पष्ट रुपमा देखाउने र यसैका आधारमा भावी लक्ष्यहरू तय गरेर योजना तथा बजेट तर्जुमा गर्ने गरिन्छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको वस्तुगत विवरणको नमूना ढाँचा तयार गरी स्थानीय तहलाई उपलब्ध गराउनुका साथै मन्त्रालयको वेभ साइटमा राखेको छ । यस नमूना ढाँचामा स्थानीय तहले आवश्यकता बमोजिम थपघट समेत गरी वस्तुगत विवरण तयार गर्न सक्छन् ।