FAQs Complain Problems

प्रमुख सूचना:

लैंगिक समानता तथा सामाजिक समावेशीता बिषय कार्यशाला गोष्ठी

साँफेवगर नगरपालिकाको संयोजन र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा लैंगिक समानता तथा सामाजिक समावेशीता बिषय कार्यशाला गोष्ठी मंसिर ११ र १२ गते साँफेवगर नगरपालिकाको वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य र सम्पूर्ण बिषयगत शाखाका कर्मचारीहरुको सहभागितामा साँफेवगर नगरपालिकाको सभा हलमा आयोजना गरिएको थियो | साँफेवगर नगरपालिकाको नगर प्रमुख श्री कुलबहादुर कुँवर ज्यूको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत मन्तब्य र कार्यक्रमको उद्देश्य बारे जानकारी प्रमुख प्रशासकिय अधिकृत श्री लक्ष्मी प्रसाद शर्मा राख्नु भयको थियो | कार्यक्रममा उत्घाटन मन्तब्य राख्दै साँफेवगर नगरपालिकाको नगर प्रमुख श्री कुलबहादुर कुँवर ज्यूको नगरपालिकाले नेपालको संविधानले प्रदत्त गरेका सम्पूर्ण हक अधिकारका सम्मान गर्दै नगरपालिकालाई लैंगिक समता, समानता तथा महिला सशक्तिकरण र अधिकारमैत्री बनाउने कुरामा प्रतिबद्दता व्यक्त गर्नु भएको थियो | सो अवसरमा उहाले यो २ दिनको तालिमलाई बढी प्रभावकारी सिकाईमुलक बनाउनका लागि सम्पूर्ण सहभागीहरुले सक्रिय सहभागिताका साथ सहभागी हुन जोड दिनु भएको थियो |
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी श्री सितल बहादुर रावल, नेपाली काँग्रेसका नगर सभापति श्री गोकुल भाँट, नेकपाका प्रतिनिधी श्री शिब बहादुर कुँवरले समेत कार्यक्रमको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।