FAQs Complain Problems

प्रमुख सूचना:

महिलाहरुका लागि ३ दिने आत्मरक्षा शिबिर

महिलाहरुका लागि ३ दिने आत्मरक्षा शिबिर साफेबगरमा सुरु भएको छ । राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालको आयोजना र साफेबगर नगरपालिकाको आर्थिक सहयोगमा महिला, बालबालिका तथा किशोरी माथि हुने हिंसा विरुद्ध सशक्तिकरणका लागि प्रतिकारात्मक प्रशिक्षण भन्ने मुला नाराका साथ शिविर सञ्चालन भएको हो । महिला माथि हुने विभिन्न खाले हिंसा तथा बलात्कारका विरुद्ध महिलाहरुले आफै नै आत्म सुरक्षा गर्न सहज हुने उद्धेश्यले शिविरको आयोजना गरिएको बताईएको छ । दिनदिनै बढिरहेको बलात्कार र हत्या हिंसा न्यूनिकरणका लागि शिविरले महत्वपूर्ण भूकिमका खेल्ने जनाईएको छ । महिला माथि हुने हिंसाबाट बच्न साँफेबगरमा महिलालाई आत्मरक्षा तालिमको आयोजना शनिबारबाट सुरु भएको छ । राष्ट्रिय गोजुरियो कराँते दो संघ अछामको आयोजना र साँफेबगर नगरपालिकाको आयोजनामा तालिमको आयोजना गरिएको हो । तालिममा सहभागिले आत्मसुरक्षा कसरी गर्ने, आक्रमणबाट कसरी बच्ने, महिला माथि हुने घटनाको प्रतिकार कसरी गर्ने लगायतका विषयमा जानकारी पाएको बताएका छन् । २०७५ माघ २६ गते शनिबारबाट सुरु भएको तालिम तिन दिनसम्म सञ्चालन हुनेछ । तालिममा नगरका १४ वटा माध्यामिक विद्यालयका किशोरी, १४ वटै वडाका महिला सदस्य, नगरकार्यपालिका सदस्य, पत्रकार महिला, युवा सञ्जाल, दलित सञ्जाल, महिला सञ्जालमा आवद्ध भएका महिलाको तालिममा सहभागिता रहेको छ । महिला हिंसाका घटनाहरु बढीरहेको वेला त्यसको कसरी प्रतिकार गर्न सकिन्छ र आफु कसरी बच्ने भन्ने बिषयमा प्रशिक्षण भईरहेको आत्मरक्षा तालिमका प्रशिक्षक विएस ओडको भनाई रहेको छ ।

थप जानकारी: https://meroreport.net/blog/l-l-aa-l-0