FAQs Complain Problems

प्रमुख सूचना:

भलिवल प्रतियोगितामा राष्ट्रिय मावि बाब्ला प्रथम

फागुन १४, साँफेबगर साँफेबगर नगरपालिकामा ११ र्औ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको विभिन्न खेल सम्पन्न भएको छ । भलिवल प्रतियोगितामा राष्ट्रिय मावि बाब्ला प्रथम, बेतालमाण्डौ मावि घुघुरकोट द्धितिय र हिमालय मावि खालसैन तृतिया भएका छन । यस्तै सर्टफुटमा छात्र तर्फ राष्ट्रिय मावि बाब्ला प्रथम, त्रिपूरा सुन्दरी मावि द्धितिय र कृष्ण मावि तृतिय भएका छन । यस्तै ज्यापलिङ थ्रो महेन्द्र मावि प्रथम, कृष्ण मावि नवठाना द्धितिय र हिमाल मावि तृतिय भएका छन । यस्तै लम्जङमा हिमालय मावि प्रथम कृष्ण मावि द्धितिय र त्रिपूरा सुन्दरी मावि तृतिय भएका छन । यस्तै त्रिपल जम्फमा हिमालय मावि प्रथम जनकल्याण मावि द्धितिय र कृष्ण मावि र राष्ट्रिय मावि तृतिय भएका छन । यस्तै हाइजम्फ राष्ट्रिय मावि प्रथम सुर्यचन्द्र मावि द्धितिय र बेतालमायण्डौ मावि तृतिय भएका छन । यस्तै सर्टफुटमा छात्रा तर्फ जनकल्याण मावि प्रथम, प्रभाधम्कोट मावि द्धितिय र हिमालय मावि तृतिय भएका छन । यस्तै ज्यापलिङ थ्रो राष्ट्रिय मावि प्रथम, महेन्द्र मावि द्धितिय र त्रिपूरा मावि तृतिय भएका छन । यस्तै लम्जङमा जनकल्याण मावि प्रथम त्रिपूरा मावि द्धितिय र प्रभाधम्कोट मावि र हिमालय मावि तृतिय भएका छन । कपटी तर्फ छात्रा तर्फ त्रिपूरा सुन्दरी मावि प्रथम, हिमालय मावि द्धितिय र जनकल्याण मावि तृतिय भएका छन । यस्तै मंगलवार नै विभिन्न मिटरका दौड प्रतियोगिता पनि सम्पन्न भएका छन । एक सय र दुई सय मिटर दौड प्रतियोगितामा छात्र तर्फ जनकल्याण मावि र छात्रा तर्फ महेन्द्र मावि प्रथम भएका छन । यस्तै चार सय मिटरमा छात्र तर्फ त्रिपूरा मावि र छात्रा तर्फ जनकल्याण मावि भएका छन । यस्तै १५ सय मिटरमा छात्र तर्फ महेन्द्र मावि र छात्रा तर्फ जनकल्याण मावि प्रथम भएका छन । यस्तै छात्र तर्फ पाँच हजार मिटर दौड प्रतियोगितामा बेतालमाण्डौ घुघुरकोट प्रथम भएको प्रशिक्षक गोरख कुँवरले जानकारी दिनु भयो । प्रतियोगिताको समापन फागुन १५,बुधबार हुनेछ ।