FAQs Complain Problems

बोलपत्र सम्बन्धी कागजात(Standard Bidding Document) भनेको के हो ?

यो कसले तयार गर्नुपर्छ ? सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार गरेको नमुना कागजातको आधारमा खरिद सम्बन्धी सम्पूर्ण जानकारी गराउने कागजात नै बोलपत्रसम्बन्धी कागजात हो । यसमा सामान्यतया सारभूत रुपमा फरक नपर्ने गरी सार्वजनिक निकायका प्रमूखले तोकेको खरिद इकाइ अधिकारीले कुनै पनि खरिद कार्यको बोलपत्रसम्बन्धी कागजात तयार गर्नुपर्छ ।