संक्षिप्त परिचय

साँफेबगर नगरपालिकाको संक्षिप्त परिचय

नगरपालिका घोषणा : नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७१/०१/२५ को निर्णयबाट नगरपालिकाको केन्द्र साँफेबगर रहने गरि साँफेबगर नगरपालिका घोषणा ।

नगरपालिकामा समाहित गा.वि.स.हरु : बैजनाथ, जाल्पादेवि, सिद्देश्वर, मष्टामाण्डौं, नवाठाना, भाग्येश्वर, रिडिकोट र चण्डिका गरि ८ गा.वि.स. ।
वडा संख्या : १२ वटा ।

नगरपालिकाको कार्यशुभारम्भ : मिति २०७१/०२/७ देखि ।

भौगोलिक अवस्थिति :
विकास क्षेत्र : सुदुरपस्चिमाञ्चल
अञ्चल : सेति
जिल्ला : अछाम
निर्वाचन क्षेत्र नं. : ०१
सिमाना :
पुर्व : नन्देगडा र गाँज्रा गा.वि.स.।
पश्चिम : मार्कु र लुङ्ग्रा गा.वि.स.।
उत्तर : बुढाकोट, घुघुरकोट, हात्तिकोट र विन्देवासनी गा.वि.स.।
दक्षिण : पायल, जनालिकोट गा.वि.स. र मंगलसेन न.पा.।
क्षेत्रफल : ४७.६ वर्ग कि.मी.
अक्षांश : २९⁰१२′ उत्तर देखि २९⁰१६′ उत्तर सम्म ।
देशान्तर : ८१⁰१०′ पुर्व देखि ८१⁰१६′ पुर्व सम्म ।
भु–क्षेत्र : मध्य पहाडि
उचाई : लगभग ६०० मि.
हावापानी : समशितोषण ।
प्रमुख नदी, खोला (गाड) : बुढि गंगा नदी, कैलास खोला, छिपेखोला र प्रभालि गाड ।
पर्यटकिय तथा धार्मिक स्थलहरु : जिमराढी क्षेत्र, वैजनाथ धाम ।

जनसंख्या :
१८,२३९ (जनगणना २०६८ अनुसार )।
महिला -९९४८
पुरुष -८२९१

जनघनत्व : ३३९ जना प्रति वर्ग कि.मी. ।

मुख्य जातिय समुदाय : ब्राहमण, ठकुरी, क्षेत्री, सन्यासी, नायक, कडायत, चाड, बुढा, वैश्य, भुल, दमाई, कामी, सार्कि, वादी, मुस्लीम आदि ।

धर्म : हिन्दु, बौद्ध, क्रिस्चियन, मुस्लीम आदि ।

शैक्षिक संस्थाहरु : क्याम्पस २ स्नातक तह सम्म, उच्च मा.वि. ५, नि.मा.वि. ४ र प्रा.वि. २६ वटा ।

स्वास्थ्य संस्थाहरु : अस्पताल १, उपस्वास्थ्य चौकि ७ र सामुदायिक स्वास्थ्य केन्द्र १ ।

नगरक्षेत्र भित्रका मुख्य बजारहरुः : एयरपोर्टबजार, साँफे हाटबजार, वयालपाटा बजार र श्रीकोट बजार आदि ।

फोहरमैला व्यवस्थापन स्थिति : सामान्य रहेको ।

कृषि :
मुख्य वालीहरु : धान, मकै, गहुँ, कोदो, जौ, मास, भटमास, सिमी, तोरी, जुनेलो, आलु आदि ।
फलफुल : सुन्तला, कागती, आँप, अम्बा, मेवा, भोगटे, चिउरी, जुनार, केरा आदि ।

बन :
सामुदायिक बन संख्या : ३५

प्रमुख रुख बिरुवाहरु : साल, सिसौ, खयर, बाँज, खरेज, सल्ला, सिमल, उत्तीस, धुपीसल्ला, मलाते आदि ।

प्रमुख बन्यजन्तु : मृग, चितुवा, स्याल, भालु, मलसाप्रो, दुम्सी, बदेल, ब्वाँसो आदि ।

प्रमुख घरपालुवा जनावरहरु : गाई, भैसी, भेडा, बाख्रा आदि ।

पन्छीहरु : ढुकुर, बनकुखुरा, कालिज, च्याखुरा, तित्रा, सुगा, परेवा, मयुर, लाटोकोसेरो, गिद्ध, काग, कोइली आदि ।