सूचना तथा समाचार

नगरव्यापी सरसफाई तथा अत्याधिक मदिरा नियन्त्रण अभियान

फोहोरले विभिन्न रोगलाई निम्त्याउने भएकाले यस साँफेबगर नगरपालिकामा अवस्थित बयलपाटा अस्पताल अासपास होटल व्यवसाय गरिरहेका व्यापारिहरुले २०७४ साल चैत्र २५ गते विहान सरसफाई गरेका छन्। यो सुकार्यलाई साँफेबगर नगरपालिका र नगर स्तरिय युवा संजालले अायोजना गरेको हो। कार्यक्रममा नगर उप- प्रमुख बिर्मला बुड्थापा, भुपेन्द्र भण्डारी, सा.न.पा. ८ का टंक बहादुर कुँवर, डा.सन्तोष ढुङ्गाना, डा. रेखा सेरचन, सिनियर ANM उर्मिला बस्नेत लगायतको उपस्तिथि थियो।   

अा.व. ०७७/७५ दोस्रो चौमासीक अवधिको क्षयरोग कार्यक्रमको प्रगति कार्य समिक्षा गोष्ठी

 मिति २०७४ साल चैत्र २१ गते साँफेबगर नगरपालिका स्वास्थ्य शाखा संयोजक श्री सुरत ब. खड्काज्युको अध्यक्षता तथा जिल्ला स्वास्थ्य कार्यालयका नि. प्रमुख श्री झनक राज ढुङ्गानाको प्रमुख अाथित्यमा संचालन भएको अा.व. ०७७/७५ दोस्रो चौमासीक अवधिको क्षयरोग कार्यक्रमको प्रगति कार्य समिक्षा गोष्ठीमा स्वास्थ्यकर्मीले क्षयरोग कार्यक्रमा भएका हाल सम्मका उपलब्धी र अागामी दिनमा सुधार गर्नुपर्ने कमिकम्जोरीका बारेमा छलफल गरि अछाम जिल्ला अन्तर्गत रहेका साँफेबगर अन्तर्गतका १४ स्वास्थ्य संस्थाहरु, मेल्लेख स्वास्थ्य शाखा संयोजक लगायत मेल्लेख अन्तर्गतका ७ स्वास्थ्य संस्थाहरु तथा चाैरपाटी गा.पा. स्वास्थ्य शाखा उप संयोजक लगायत चाैरपाटी गा.पा.अन्तर्गत रहेका ६ स्वास्थ्य संस्थाका सबै स्वास्थ्यकर्मीहरुले सेवा प्रदायकबाट प्दान गरिने राष्टी्य क्षयरोग केन्द्रको मापदण्ड अनुसारका व्यवस्थापकिय कार्यहरु जस्तै समुदायमा क्षयरोगीका लागि समुदाय शशक्तिकरण कार्यक्रम, शंकास्पद क्षयरोगीको समयमामै पहिचान गरि निदान भएका क्षयरोगी बिरामीको राष्टी्य क्षयरोग कार्यक्रमको मापदण्ड अनुसार अनुगमन तथा उपचार गरि अछाम जिल्लामा बडदै गइरहेको डि.अार. क्षयरोगलाई न्युनीकरण गर्नका लागि प्रतिवद्धता जनाउनु भएको छ। nbsp; 

२०७४ सालको SEE परिक्षाको अनुगमन

२०७४ सालको SEE परिक्षाको साँफेबगर नगरपालिकाले ३ दिन लगााएर सबै ५ केन्द्रमा अनुगमन गरेको छ। परिक्षा शान्तिपुर्ण रहेको अनुगमन टाेलिको भनाई। 

साँफेबगर सुचना प्रविधि केन्द्रको स्थापना गर्ने पहिलो नगरपालिका

The Sanfebagar Municipality in Accham district has set up a data portal and IT centre on 1st March, 2018, becoming first local level in the country to establish such facility. According to the municipality office the IT centre has been set up for digital dissemination of information on all the activities and works of the municipality to the people and to promote good governance. IT centre — inauguated by Province-7 law maker Harka Bahadur Kunwar — was set up with the financial assistance of Malika Development Association, a local NGO.

Invitation for Bids

Pages