सूचना तथा समाचार

चण्डिकामा सामुदायिक सुचना प्रविधि केन्द्रको उद्घाटन

साँफेबगर नगरपालिकको वडा न. ८ चण्डिकामा सुशासन परियोजना अन्तर्गतको मालिका विकास संघको सहयोगमा सामुदायिक सुचना प्रविधि केन्द्रको उद्घाटन नगर उप-प्रमुख विर्मला देवि बुड्थापाले गर्नु भएको छ। सुचना प्रविधि केन्द्रमा डेक्सटप,लयापटप,प्रिन्टर,प्रोजेक्टर,राउटर,४३ इन्च LED स्मार्ट टि.भि, केहि फर्निचरका सामानहरु राखिएका छन। सुचना प्रविधिको मुख्य उदेश्य सिमान्तकृत वर्गलाइ आफ्नो हक-अधिकारबारे जानकारी दिनु र सुचना प्रवाहलाई सहज गर्दै सरकारलाई जवाफदही र पारदर्शि बनाउनु रहेको छ।

लैंगिक समानता तथा सामाजिक समावेशीता बिषय कार्यशाला गोष्ठी

साँफेवगर नगरपालिकाको संयोजन र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा लैंगिक समानता तथा सामाजिक समावेशीता बिषय कार्यशाला गोष्ठी मंसिर ११ र १२ गते साँफेवगर नगरपालिकाको वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य र सम्पूर्ण बिषयगत शाखाका कर्मचारीहरुको सहभागितामा साँफेवगर नगरपालिकाको सभा हलमा आयोजना गरिएको थियो | साँफेवगर नगरपालिकाको नगर प्रमुख श्री कुलबहादुर कुँवर ज्यूको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत मन्तब्य र कार्यक्रमको उद्देश्य बारे जानकारी प्रमुख प्रशासकिय अधिकृत श्री लक्ष्मी प्रसाद शर्मा राख्नु भयको थियो | कार्यक्रममा उत्घाटन मन्तब्य राख्दै साँफेवगर नगरपालिकाको नगर प्रमुख श्री कुलबहादुर कुँवर ज्यूको नगरपालिकाले नेपालको संविधानले प्रदत्त गरेका सम्पूर्ण हक अधिकारका सम्मान गर्दै नगरपालिकालाई लैंगिक समता, समानता तथा महिला सशक्तिकरण र अधिकारमैत्री बनाउने कुरामा प्रतिबद्दता व्यक्त गर्नु भएको थियो | सो अवसरमा उहाले यो २ दिनको तालिमलाई बढी प्रभावकारी सिकाईमुलक बनाउनका लागि सम्पूर्ण सहभागीहरुले सक्रिय सहभागिताका साथ सहभागी हुन जोड दिनु भएको थियो | कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी श्री सितल बहादुर रावल, नेपाली काँग्रेसका नगर सभापति श्री गोकुल भाँट, नेकपाका प्रतिनिधी श्री शिब बहादुर कुँवरले समेत कार्यक्रमको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

"लैङ्गिक हिंसा र दुर्व्यवहार: छैन हामीलाई स्वीकार" भन्ने मूल नाराका साथ मङ्सिर ९ गते देखी २४ गते सम्म साफेबगर नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान हुने भएको छ।

कृषि उपज किनबेच हाट बजार उदघाट्न समारोह

कृषि उपज किनबेच हाट बजार उदघाट्न समारोह - साफेबगर । ५ जना अगुवा कृषकहरु प्रसाद सिह कुवर(सिद्देस्वर), डम्बर बडाहित (घुघुरकोट) , नरपता बुढा नवाठाना , नर्मा खत्री (मस्टामान्डौ ), नृप दुवाल (भागेस्वर) लाइ जनही ५००० र सम्मानपत्र बितरण । हरेक शनिवार दिनको १२ बज

वडा नम्बर १ बैजनाथ बाट गरिब परिचयपत्र बितरण सुरु

साफेबगर नगरपालिका वडा नम्बर १ बैजनाथ बाट गरिब परिचयपत्र बितरण सुरु । मन्त्रालय बाट पठाइएका ५१ जना मध्य नगरपालिकाले छानबिन गरि २५ जनालाइ मात्र गरिब परिचयपत्र बितरण ।

अछाम गजल मंचको तेस्रो साधारण सभा

अछाम गजल मञ्चले आयोजना गरेको २ दिने गजल साझमा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुवँर र साफेबगर नगर प्रमुख कुल बहादुर कुँवरको उपस्तिथिमा गजलकार बिरेन्द्र बेहोसि,धुर्बा तिमिल्सिना,लक्ष्ाण सङ्गम, राम अविरल बिष्ट लगाायत ले गजल सुनाएर कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम कार्तिक १८ र १९ गते साँफेबगर नगरपालिकाको हलमा भएको थियो। कार्यक्रममा विभिन्न जिल्लाका गजलकार र युवाहरुको सहभागिता रहेको थियो। यसका साथै "उषाकिरण" को १३ औ अंक पनि विमोचन गरियो। अन्त्यमा तिहारको चिठ्ठा उपहारले कार्यक्रमलाई थप रोचक बनाएको थियो।

सिपमुलक तालिम सम्बन्धि अभिमुखिकण कार्यक्रम

साफेबगर नगरपालिका र नेपाल युथ फाउन्डेसन को सहयोगमा साफेबगर नगरपालिका दलित नगर संजाल को आयोजनामा सिपमुलक तालिम सम्बन्धि अभिमुखिकण कार्यक्रमको सुरु दिप बालेर साफेबगर नगर प्रमुख ले गर्नुभयो ।

Pages