फोहोरले विभिन्न रोगलाई निम्त्याउने भएकाले यस साँफेबगर नगरपालिकामा अवस्थित बयलपाटा अस्पताल अासपास होटल व्यवसाय गरिरहेका व्यापारिहरुले २०७४ साल चैत्र २५ गते विहान सरसफाई गरेका छन्। यो सुकार्यलाई साँफेबगर नगरपालिका र नगर स्तरिय युवा संजालले अायोजना गरेको हो। कार्यक्रममा नगर उप- प्रमुख बिर्मला बुड्थापा, भुपेन्द्र भण्डारी, सा.न.पा. ८ का टंक बहादुर कुँवर, डा.सन्तोष ढुङ्गाना, डा. रेखा सेरचन, सिनियर ANM उर्मिला बस्नेत लगायतको उपस्तिथि थियो।