डिजिटल साक्षरता तालिम

नगरलाई प्रविधि मैत्री बनाउन सुरुमा नेतृत्वको जिम्मेवारी लिएका जनप्रतिनिधिहरु यसबारे जानकार हुन पर्छ भन्ने कुरा मनन गरेर सञचालन गरिएको ५ दिने डिजिटल साक्षरता तालिम श्रावन ५ गते सम्पन्न भएको छ। ५ दिनको अवधिमा  वडा अध्यक्षज्यूहरुले प्रविधिबारे छोटै समयमा धेरै सिकेर आफुलाई सजिलो भएको कुरा बताउनु भएको छ र साथै यस्ता तालिम आगामि दिनमा पनि आयोजना हुनु पर्ने कुरामा जोड दिनु भयो।