डिजिटल साक्षरता तालिम

नगरलाई प्रविधि मैत्री बनाउन सुरुमा नेतृत्वको जिम्मेवारी लिएका जनप्रतिनिधिहरु यसबारे जानकार हुन पर्छ भन्ने कुरा मनन गरेर सञचालन गरिएको ५ दिने डिजिटल साक्षरता तालिम श्रावन ५ गते सम्पन्न भएको छ। ५ दिनको अवधिमा  वडा अध्यक्षज्यूहरुले प्रविधिबारे छोटै समयमा धेरै सिकेर आफुलाई सजिलो भएको कुरा बताउनु भएको छ र साथै यस्ता तालिम आगामि दिनमा पनि आयोजना हुनु पर्ने कुरामा जोड दिनु भयो।

अछामको साँफेबगर विमानस्थलमा परीक्षण उडान सफल

बिगत १३ बर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलको आज परीक्षण उडान गरीएको छ । विमानस्थलको कालोपत्रे, रनवे लगायतको काम सम्पन्न भएपछि आज समिट एयरको १९ सिटे विमानले परीक्षण गरेको हो । समिट एयरको जहाज बिहान १०ः३० बजे हुम्लाको सिमिकोटबाट साँफेबगर बिमान स्थलमा अवतरण भएको थियो । तत्कालीन विद्रोही माओवादीले २०५८ फागुन ४ गते साँफेबगर विमानस्थलको टावर ध्वस्त बनाएको थियो । बीचमा केही समय विमानस्थल सञ्चालनमा भएपनि पुन २०६२ साल देखि पूर्णरूपमा बन्द विमानस्थल गौचरणमा परिणत भएको थियो । निर्माण जिम्मा पाएको अमर कन्स्ट्रक्सनले निर्माणको काम करिब पुरा भएको बताएको छ । विमानस्थलको पाँच सय मिटर लम्बाइ र ८० मिटर चौडाइ भागमा कालोपत्रे गरीएको छ । विमानस्थलको भ्याटसहित ११ करोड ५० लाखको लागतमा कालोपत्रे भएको हो । प्रदेश नम्बर ७ का पहाडी जिल्लाहरुका विमानस्थल मध्ये साँफेबगर विमानस्थल विमान अवतरणका लागि सबैभन्दा उपयुक्त मानिएको छ । अछामको मुख्य व्यापारिक केन्द्र साँफेबगर र कमल बजारमा गरी दुई स्थानमा विमानस्थल छन् । जिल्लामा २ वटा विमानस्थल भए पनि सञ्चालनमा छैनन । विमानस्थल सुचारु भए आवतजावतका साथै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्नेमा समस्यामा कमी आउने स्थानियले आसा गरेका छन् । २०२४ सालमा निर्माण सुरु भएको साँफेबगर विमानस्थल २०३२ सालबाट सञ्चालनमा आएको थियो । २०४४ सालदेखि २०५८ सालसम्म साँफेबगर विमानस्थल निरन्तर सञ्चालनमा रहेको थियो । तर, कमलबजार विमानस्थल सञ्चालनका लागि भने कुनै पनि पहल नहुदा गौचरणमा परीणत भएको छ ।

Brief Introduction

Sanfebagar is a municipality in Achham district of Seti zone.Mangalsen,the district headquarters, is eight hours walk and two and 1 hour half drive from sanfebagar- a town in Achham sporting a non-functional domestic airport.A bridge crosses the Budhiganga river in Sanfebagar allowing access during high water.The municipality is served by Bayalpata hospital that is a collaboration between the government and the non profit organization Nyaya Health.

Pages